पोखरा ।
कास्कीको रुपा गाउँपालिका ‘सामुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ । १८ दिनसम्म चलेको तालिमको मंगलबार एक कार्यक्रमका बीच रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले समापन गरेका हुन् ।
तालिम समापनको अवसरमा बोल्दै अध्यक्ष ओझाले तालिम प्राप्त स्वयंसेवकहरूले गाउँपालिकामा आइपर्ने प्राकृतिक एवं अन्य विपद्का समयमा अग्रपङ्क्तिमा खटिएर ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यो तालिमले पालिकालाई विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्ने समेत अपेरक्षा प्रकट गरे ।
उक्त अवसरमा बोल्दै सशस्त्र प्रहरी बलका तर्फबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा पुग्ने समुदाय नै हुने भएकाले, आवश्यक ज्ञान र सीपको अभावमा क्षति बढ्न सक्ने हुँदा स्वयमसेवकका लागि तालिम प्रदान गरिएको बताए । उनले उचित तालिम र तयारीले धेरै हदसम्म जनधनको क्षति न्यूनीकरण गर्न सक्षम हुने विश्वास प्रकट गरे । सानो सीप र सीमित साधनले पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने यथार्थ यस तालिमले स्पष्ट पारेको उनको भनाई थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्य र समन्वयमा गत २५ चैतदेखि सुरु तालिम
रुपा गाउँपालिका वडा नं. ५ को सभाहल गरिएको तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए । तालिममा विपद्को परिचय र विशेषता , नेपालमा विपद व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढी, पहिरो तथा डुबान ,अग्नि नियन्त्रण तथा वन डढेलो, रोप रेस्क्यु बाट गरिने उद्धार ,भूकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण र सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय, काम विभिन्न किसिमको बेस बनाउने तरिका, वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्षमा ज्ञान दिइएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनले जानकारी दिएको छ ।













