स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि ओसारपसार गर्ने ६ ट्याक्टर र एक जेसीबी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ ढुंगागिट्टी, रोडा, बालुवा मिक्स उत्खनन् गरि ओसारपसार गर्ने ६ वटा ट्याक्टरर एउटा जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ६ लामाखेतस्थित चिन्नेबास सडकबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरेको आरोपमा ६ वटा ट्याक्टर एउटा जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

जसमा बा.प्र ०१–००३ क ८१०२ नम्बरको जेसीबी, ग १ त ७१५२,ग १ त ७३८२,ग १ त ४८१३ र ग १ त ६७९२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै भिरकोट नगरपालिका वडा ४ ओडारेस्थित आँधिखोलाबाट ग १ त ४९४१ र ग १ त ६६०५ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिईएको ट्याक्टर र जेसीबीलाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।

  • २१ बैशाख २०८३, सोमबार १६:१४ प्रकाशित