भुर्तेल बन्धु समाज नेपाल कास्कीको अध्यक्षमा वीरेन्द्र चयन

केन्द्रभाग मिडिया

पोखरा ।

भुर्तेल बन्धु समाज नेपाल कास्कीको वीरेन्द्रराज भुर्तेल चयन भएका छन् । शुक्रबार सम्पन्न समाजको नवौं साधारण सभा एवं पाँचौं अधिवेशनले वीरेन्द्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दुर्गा शर्मा भुर्तेल सचिवमा चिरंजीवी भुर्तेल सहसचिवमा गंगा ओझा भुर्तेल, कोषाध्यक्षमा विष्णुप्रसाद भुर्तेल चयन भएका छन् ।

सदस्यमा सूर्यप्रसाद र कलिङ केसी भुर्तेल दिपक, विनोद, पुष्पा, कृष्ण, चुनिएका छन् । यस अघि अधिवेशन एवं साधारण सभाको पूर्वप्रमुख जिल्ला धिकारी कृष्णमणि भत्र्यालले उद्घाटन गर्दै गर्ग गोत्रीय ऋषिले भगवान रामका छोरा लवकुशको न्वारन गरेको उल्लेख गरे ।

अधिवेशनको अवसरमा समाजका लागि विभिन्नढंगले योगदान दिने सचिन भुर्तेल, रिवाज भूर्तेल, सिए दीपक भूर्तेल, राधाकृष्ण भुर्तेल, सीता भुर्तेल, दीपक भुर्तेल जगन्नाथ ओझा, सोमराज भुर्तेल र भोजराज भुर्तेललाई सम्मान गरिएको थियो ।

  • २० बैशाख २०८३, आईतवार १७:३२ प्रकाशित