पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ ।

हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको पहल थालेको हो ।

परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार त्यसका लागि निश्चित संख्यामा विज्ञापन खुलाइने छ र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिने छ ।मन्त्री खनालको सचिवालयका एक सदस्यले अर्को हप्ता खुला दरखास्त आह्वान हुनसक्ने जानकारी दिएका छन् ।

हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् ।

आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् । ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिन लागेको हो ।

  • १६ बैशाख २०८३, बुधबार ११:२४ प्रकाशित