गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं।

राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ ।

यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ ।मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।

  • १४ बैशाख २०८३, सोमबार १०:५६ प्रकाशित