हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले फिर्ता बोलायो

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा। लेखकलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

साथै, उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए ।

  • ११ बैशाख २०८३, शुक्रबार १७:११ प्रकाशित