काठमाडौं ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले सुकुमबासी बस्ती जबरजस्ती विस्थापन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार मोर्चाका महासचिव अर्जुन कुँवरले एक विज्ञप्ति जारी गर्दै सरकारको सो कार्याप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूको गाँस, बासको आधारभूत अधिकार माथि राज्यले गर्न खोजेको यस प्रकारको अपराधको योजनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।














