सुकुमवासीहरु रास्वपा कार्यालय जानेभएपछि सुरक्षा व्यवस्था कडा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ ।

सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

  • ११ बैशाख २०८३, शुक्रबार १३:४३ प्रकाशित