काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।
यसका साथै कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ ।
संविधानलाई थप परिष्कृत र समयसापेक्ष बनाउनका लागि राजनीतिक दलहरूको सुझावलाई समेत समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ।












