काठमाडौं ।
साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए । जसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा अधिकांश उप–सूचकहरू राताम्मे देखिएका छन् ।













