चैतमा नौ सय विपद्का घटना, ३० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको ज्यान गएको छ ।

आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको ज्यान गएको हो ।दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् ।

विपद्‍बाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

विपद्‍बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।

  • १० बैशाख २०८३, बिहीबार १३:०९ प्रकाशित