काठमाडौं ।
साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से सूचक २.९५ अङ्कले घटेर २८०४.१७ को विन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ । दिनभरिमा ३४२ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा केही कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













