लुम्बिनी प्रदेश सभाले गर्‍यो दलित अधिकार विधेयक पारित

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मतरूपमा पारित गरेको छ ।सातौं अधिवेशनको १४ औं बैठकबाट यो विधेयक सर्वसम्मत रूपमा पारित भएको हो । सात प्रदेशहरुमध्ये दलित विधेयक पास गर्ने लुम्बिनी प्रदेश सभाले पहिलो हो ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल तथा पारित गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई प्रदेश सभाले सर्वसम्मत पास गरेको थियो ।

विधेयकमा दलित अधिकार र सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयहरु उल्लेख छन् ।

  • ९ बैशाख २०८३, बुधबार ११:१२ प्रकाशित