काठमाडौं ।
राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् ।राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए ।
प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो । प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरुले प्रहरी दमन मुर्दाबाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर लगाएतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति प्रदर्शनमा सहभागीहरूले आपत्ति समेत जनाएका छन् ।उनीहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।













