आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमानुमा महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग लगायत देशका बाँकी हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ ।

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • ७ बैशाख २०८३, सोमबार ०८:०७ प्रकाशित