पोखरा ।
स्याङ्जामा अवैध रुपमा ढुंगा उत्खनन् गरि ओसारपसार गरिरहेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर २ डुडेस्थित ज्याग्दी खोलाबाट अवैध रुपमा ढुंगा उत्खनन गरेको आरोपमा लु.प्र.०१ –००१ त ०५७८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि चापाकोट नगरपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले बताएको छ ।












