पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको पर्यटकीय एरिया लेकसाईडबाट पर्यटकलाई दुख हैरानी दिने १६ जना महिलालाई पक्राउ गरेको जानकारी दिएको छ ।
रातिको समयमा महिलाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक कृयाकलाप बढ्दै गईरहेको भन्ने जनगुनासो पछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले गएराती १२ बजे देखि बिहान २ बजेसम्मको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।
अनावश्यक दुःख हैरानी दिने, लुटपाट कार्य गर्ने तथा अनैतिक कृयाकलाप गर्ने कार्यमा संलग्न महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।













