पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा आउँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आउने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा आउन लागेका हुन् ।

पोखरा रहँदा पूर्वराजा विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ ।

  • ६ बैशाख २०८३, आईतवार १०:५३ प्रकाशित