स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरि ओसारपसार गरिरहेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आँधीखोला गाउँपालिका वडा नम्बर ५ उनियाचौरस्थित सेतिखोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरेको आरोपमा ग १ क ६९४३ र ग १ त ४३०७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि आँधिखोला गाउँपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले बताएको छ ।

 

  • ३ बैशाख २०८३, बिहीबार १६:४६ प्रकाशित