काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो ।
‘गणेश पराजुली संसदीय दलको उपनेता, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको छ’, महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् ।













