कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ।

विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गएको रिटमाथि न्यायाधीशद्वय र शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बहस भइरहेको हो ।

आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । भोलि सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले यही रिटमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।

देउवा र खड्काले ४ माघमा रिट दायर गरेका थिए ।

  • ३ बैशाख २०८३, बिहीबार १३:०२ प्रकाशित