नेपालका लागि जापानका राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् ।उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि छलफल भएको मन्त्रालयले जानकारी गराएको छ ।

  • २ बैशाख २०८३, बुधबार १६:४२ प्रकाशित