काठमाडौं ।
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । त्यस अघि कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे बोलाइएको हो । कांग्रेस नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बस्न लागेको हो ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याडमा विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो । आजको बैठकले नेता खड्कालाई कारबाही गर्ने निर्णय गर्नसक्ने कांग्रेसका एक नेताले बताएका छन् ।












