नारायणगढ–बुटवल सडक निर्माणको ढिलाईप्रति गृहमन्त्रीको असन्तुष्टि, समयमै पूरा गर्न चिनियाँ कम्पनीको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सड्क खण्ड निर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सो खण्ड अनुगमनको क्रममा गुरुङले असन्तुष्टि व्यक्त गरेका हुन् ।

अनुगमनको क्रममा लामो सयमदेखि अलपत्र परेको बारेमा चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् ।अनुगमनको क्रममा उनले सड्क अलपत्र पर्दा यात्रुलाई सास्ती भोग्नुपरेको, आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको बताए । निर्माण कम्पनीलाई चाँडो काम पुरा गर्न उनले आग्रह गरेका छन् । आइतबार उनले सो क्षेत्रको अनुगमन गरेका थिए ।

गुरुङले निर्माण कम्पनीलाई समयमै गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीलाई चाँडो काम पुरा गर्न निर्देशन दिँदै उनले भने, ‘नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ, निर्माण कार्यमा लापरबाही हुनु हुँदैन ।’

चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिले अबको १५ दिनमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • १ बैशाख २०८३, मंगलवार ११:२० प्रकाशित