पोखरा महानगरले ल्यायो ८ अर्व ३५ करोडको बजेट

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

उक्त बजेटको खर्चमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन भए पनि जेठ मसान्तसम्म ५५/४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताइन् ।

बजेट प्रस्तुत हुनु अघि आइतबार नै महानगर प्रमुख आचार्यले   बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा प्रथामिकता दिइएको थियो ।

पोखरा महानगरको आगामी आर्थिक वर्ष २०८२- ०८३को बजेटको पूर्णपाठ

  • ८ असार २०८२, आईतवार २२:०० प्रकाशित