पोखरा।
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
उनीबिरुद्ध २१ लाख बिगो कायम भएको छ । प्रतिवादीलाई काठमाडौँ जिल्ला अदालतका उपस्थित गराइएको एसपी बोहराले जानकारी दिए ।