पोखरा ।
गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो । यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो ।
मन्त्रालयगत बजेट बाँडफाँड
- कृषि–२ अर्ब ८ करोड
- उद्योग तथा पर्यटन–८४ करोड २१ लाख
- वन तथा वातावरण–१ अर्ब ६ करोड
- सामाजिक विकास–२ अर्ब ३९ करोड
- स्वास्थ्य–३ अर्ब ३२ करोड
- भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था–११ अर्ब ९८ करोड
- उर्जा, जलस्रोत तथा खानेपानी–३ अर्ब ८८ करोड
बजेट-बक्तव्य-२०८२- ०८३ हेर्न यहाँ क्लिक गर्नुहोस