आज साढे ११ अर्बको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंक ०.४७ ले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.०१ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ५५.८५ विन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से आइतबार झिनो सुधारसहित बन्द भएको हो । सो दिन कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ वटाको घट्यो ।

आइतबार ९५ हजार ३ सय ७४ पटकको सेयर कारोबारमा २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

  • १ असार २०८२, आईतवार १६:३६ प्रकाशित