काठमाडौं ।
कैलालीमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ः५० बजेको समयमा शाही खेतमा हिँडिरहेका बेला अचानक चट्याङ लाग्दा घटनास्थलमै उनको ज्यान गएको हो ।