चार प्रकारका वायुको प्रभाव : गण्डकीसहित यी पाँच प्रदेशमा वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत लगायत बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  छ ।

 

  • ९ जेष्ठ २०८२, शुक्रबार ०७:३३ प्रकाशित