आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ । हिजो यी सबै मुद्राको मूल्य बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा छ । हिजो युरो १ को खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा थियो ।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २३ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा थियो ।

  • २७ बैशाख २०८२, शनिबार ०५:४८ प्रकाशित