पोखरा ।
देशभरका विद्युतीय व्यवसायीका प्रतिनिधि पोखरामा आएका छन् । शनिबार हुने नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा सहभागी हुन देशभरका विद्युुतीय व्यवसायीका प्रतिनिधि पोखरामा आएका हुन् ।
वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा साधारण सभामा सहभागी हुन आएका महासंघका केन्द्रीय अध्यक्ष पदाधिकारी र प्रतिनिधिको सम्मानमा जिल्ला संघ र पोखरा इलेक्ट्रिकल एसोसिएसनले बिहीबार साँझ स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा बाल्दै नेपाल विद्युतीय महासंघका केन्द्रीय अध्यक्ष रेसम प्रसाद देवकोटाले महासंघको १५ औं साधारण सभाले देशभर नयाँ सन्देश लिएर जाने बताए ।
उनले व्यवसायीका समस्या समाधानका लागि महासंघ लागिपरेको भन्दै उनले व्यवसायीक वातावरणका लागि राज्यलाई घच्घच्याउन साधारणा सभाले बल पुर्याउने उनले अपेक्षा प्रकट गरे । महासंघ आफ्नै भवन निर्माणको चरणमा रहेको जानकारी दिए ।
पोखरा इलेक्ट्रिकल एसोसिएसन पोखराका अध्यक्ष केशव ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण केवलकारका जिएम दीनेश पौडेल, जिल्ला तथा नगर एसोसिएसनको तर्फबाट काठमाडौं जिल्ला अध्यक्ष मिलन सिवाकोटी , पोखरा इलेक्ट्रिकल एसोसिएसनका महासचिव मिलन तामाङ, उपाध्यक्ष नील बहादुर भुजेल लगायतले सो अबसरमा बोलेका थिए ।
साधारण सभाको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साधारणसभामा देशभरका प्रतिनिधि र पर्यवेक्षकसहित २५० जनाको सहभागीता रहने जनाइएको छ ।