आज पनि बढ्यो अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

आज पनि अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा छ । हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २३ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ७० पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५९ रुपैयाँ २० पैसा र बिक्रीदर ३६० रुपैयाँ ७९ पैसा थियो ।

  • २६ बैशाख २०८२, शुक्रबार ०६:४४ प्रकाशित