काठमाडौँ ।
सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च सुधार रहेको बजार आज करेक्सन (सुधार) को बाटोमा गएको हो ।
आज परिसूचक १२.६० अंकले घटेर २६६१.०८ अंकमा पुगेको हो । बुधबार शेयर बजार परिसूचक ६३ अंकले बढेको थियो । यसरी बजार बढ्नुमा राजनीतिक स्थायित्व र राष्ट्र बैंकको गभर्नर नियुक्तिको संकेतलाई लिइएको थियो ।
सत्ता साझेदार दल काँग्रेसले आफूले भनेको उम्मेदवारलाई गभर्नर नियुक्ति गर्ने वातावरण बनाउन शुक्रबारसम्मको समय दिएको छ । तर, आजसम्म गभर्नर नियुक्तिको हुन सकेको छैन ।
आज बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज बजारमा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो जबकी हिजो १० अर्ब २२ करोडको मात्रै कारोबार भएको थियो ।