पोखरा ।
आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो यी अधिकांश मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा थियो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । आज युरो १ को खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा छ। हिजो युरो १ को खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा थियो ।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा थियो ।