रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशको इन्चार्ज को ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । आज बनस्थलीस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लीमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि हरि ढकाललाई जिम्मेवारी तोकिएको छ ।

रास्वपाले आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको छ ।

  • ४ बैशाख २०८२, बिहीबार १९:४५ प्रकाशित