कुलमान र हितेन्द्र दुवैको मुद्दाको अर्को पेसी आइतबार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय हुन सकेन । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो ।

शुक्रबार उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी इजलासलाई गराएका छन् ।

आज कुलमानको पेशी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो । दुवै मुद्दाको विषय समान देखिएकोले साथै राख्नुपर्ने आदेश इजलासले सुनाएको हो ।

  • १५ चैत्र २०८१, शुक्रबार १३:२७ प्रकाशित