संविधान र गणतन्त्रको पक्षधर विपक्षी दलहरुको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ । नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्रा राय यादव सहभागी छन् ।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा राजतन्त्रको विरोध र गणतन्त्रका पक्षमा प्रदर्शन तथा आमसभा गर्दै छ । त्यसैको तयारी र नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तगी लगायतका समसामयीक विषयमा छलफल भइरहेको जनाइएको छ ।

  • १३ चैत्र २०८१, बुधबार ०९:३९ प्रकाशित