नेकपा एसको केन्द्रीय कमिटी बैठक केहीबेरमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक अहिले ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

  • ९ फाल्गुन २०८१, शुक्रबार १०:४७ प्रकाशित