राप्रपाको कार्यसम्पादन समिति बैठक फागुन १५ गते

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । फागुन १५ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । बैठक नियमित भएको बताउँदै श्रेष्ठले पार्टीको यसअघि भएको अधिवेशन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने बताए ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशको विषयमा पनि स्वाभाविक रुपमा बैठकमा छलफल हुने उनको भनाइ छ । पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।
पूर्वराजाको आह्वानपछि राजावादी पार्टी राप्रपा उत्साहित देखिएको छ ।

  • ८ फाल्गुन २०८१, बिहीबार १५:४० प्रकाशित