विपिन जोशीको रिहाइमा मद्दत गर्न इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा। राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।जवाफमा अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।

गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । तर, उक्त सूचीमा विपिनको नाम भने समावेश छैन ।

  • ७ माघ २०८१, सोमबार १५:३४ प्रकाशित