बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको ज्यान गएको छ।
प्रसौनी गाउँपालिका-७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन्।
स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा गएराति बाटोमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।