पोखरा ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु) चयन भएकी छन् । शुक्रबार पोखरामा सम्पन्न फोनिज कास्कीको अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि थप गरिने जनाइएको छ ।
यसअघि अधिवेशनको फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङले उद्घाटन गरेका थिए ।