निकोलस भूसाल गोरखाको एक आश्रमबाट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

निकोलस भूसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।

उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

  • १८ कार्तिक २०८२, मंगलवार १४:१८ प्रकाशित