पोखरा ।
युु १९ विश्वकप क्रिकेटमा छनौट भएका गण्डकीका चार जना खेलाडीलाई पोखरामा भब्य स्वागत गरिएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट हुन सफल नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका खेलाडीलाई शनिवार पोखरामा भब्य स्वागत गरिएको छ ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एक ¥यालीसहित पोखरा रंगशालामा स्वागत गरेका थिए । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीसहित विभिन्न खेल संघ र खेलाडीहरुले रंगशालामा स्वागत गरेका थिए । यु १९ राष्ट्रिय टिममा गण्डकीबाट सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सिनिका मरासिनी सहभागि थिए । उनीहरुले विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शनी गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै परिषदका सदस्य सचिब श्रीधर शर्माले राष्ट्रिय गौरव बढाउन खेलाडीहरुले गरेको महत्वपूर्ण योगदानको परिषद र प्रदेश सरकारले सम्बोधन गर्ने जनाउँदै यूवा खेलाडी उत्पादनमा परिषदले आफ्ना कार्यक्रमहरुलाई अभियानको रुपमा अघि सार्ने जनाए ।
यस्तै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकीका खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नयाँ छाप छोड्न सफल भएको बताउँदै यसले यूवा खेलाडीहरुलाई क्रिकेटमा आकषर्ण गर्न सहयोग पुग्ने बताए ।