सुर्य दर्शन सहकारी ठगी कसुरमा थप एक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगी कसुरमा थप एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुल्मी मुसिकोट नगरपालिका वडा नं ४ घर भइ हाल काठमाडौं ललितपुर महानगरपालिका वडा नं १५ खुमलटार बस्नै ३२ वर्षिया लिला पछाइ रहेकी छिन । उनलाई कास्की प्रहरीले पोखरा ४ गैह्रापाटनबाट पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

पछाइले पोखराको नालामुखमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, नियमावली र संस्थाको विद्यान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राई संग मिलेमतो गरी तीन करोड भन्दा वढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पछाइलाई कास्की जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको प्रहरीले जनाएको छ ।

  • १६ आश्विन २०८१, बुधबार ०८:२० प्रकाशित