भारी वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

काठमाडौं ।
अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको ज्यान गएको छ । उपत्यकाको तीन जिल्लामा मात्रै शुक्रबार देखि परेको अविरल वर्षाका कारण २१ जनाले ज्यान गुमाएका हुन ।

काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर ज्यान गएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरेले अरु केही हराईरहेको र खोजी कार्य जारी रहेको बताए ।
भक्तपुरमा तीन जनाको ज्यान गएको एसपी बेद विष्टले जानकारी दिए । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशसत्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।

अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलो धनमालको पनि क्षति भएपनि विवरण यकिन भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

  • १२ आश्विन २०८१, शनिबार १३:०४ प्रकाशित