देशभरका १०१ केन्द्रमा वर्षाले सतर्कता तह पार गर्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
देशभरका १०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा राखिएको सूचना अनुसार बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियल टाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ ।

विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि.मि. भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ ।

शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ  । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ  ।

  • १२ आश्विन २०८१, शनिबार ०७:३१ प्रकाशित