अष्ट्रेलियाको राजदूतमा चित्रलेखाको नाम सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसलेअष्ट्रेलियाको राजदूत बनाउनका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सिफरिस गरेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको नाम राजदूतबाट फिर्ता लिइएको थियो ।

सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । परराष्ट्र श्रोतका अनुसार कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले यादवको नाम सिफारिस गर्नेछ ।
यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख र शिक्षा मन्त्री समेत बनिसकेकि छिन ।

  • २४ भाद्र २०८१, सोमबार १२:४३ प्रकाशित