रुकुममा खोलाले बगाउँदा २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रुकुम ।
रुकुम पश्चिममा मोटरसाइकललाई खोलाले बगाउदा दुईजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले मोटरसाइकलमा सवार दुईजनालाई खोलाको बाढीले बगाउदा उनीहरुको ज्यान गएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुनको जयान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

  • २४ भाद्र २०८१, सोमबार १२:३५ प्रकाशित